

विपक्षी दलका नेताभन्दा अगाडि शितलनिवास पुगेका प्रधानमन्त्री ओली निस्किए

काठमाडौं– सरकारको दाबी गर्नका लागि शितलनिवास पुगेका विपक्षी गठबन्धनका नेता भन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँ पुगेका थिए।
ओली केहीबेर अघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता सकि फर्किएका छन्। प्रधानमन्त्री शितलनिवासमा रहेका बेला विपक्षी दलका नेताहरु ‘वेटिङ’मा थिए।

