एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी

विपक्षी गठबन्धनमा हस्ताक्षर परेका पाण्डेर विष्टले भने– किर्ते गरियो


काठमाडौं – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।

ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका हुन् ।

एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।

जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ ।

ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फर्केका छन् ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।

प्रतिक्रिया