जसपामा ठाकुर र यादवको दुई मत: कार्यकारिणी समितिको बैठक स्थगित नभएको यादव पक्षको निष्कर्ष


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन् ।

शुक्रबार मात्रै जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले ८ र ९ गते तोकिएको बैठक स्थगित भएको बताएका थिए । अध्यक्ष ठाकुरले बैठक स्थगित गरेको सूचना जारी गरे लगत्तै जसपाकै नेता अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन् ।

जसपा नेता यादवले देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरूमा विचार-विमर्श गरी निष्कर्षमा पुग्नु पर्ने भएको हुँदा ८ र ९ गते कार्यकारिणी समितिको बैठक राखिएको बताए ।

यसअघि जेठ ४ गते जानकारी गराएअनुसारको शनिबार र आइतबार बैठक बस्ने तय गरिएको थियो । जसपा ठाकुर पक्षले कोभिड-१९ को बढ्दो महामारीको अवस्थाको कारणले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

 

प्रतिक्रिया