सिंहदरबारमा नेपाल समूहका सांसदहरुको भेला


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन् । सोही विषयमा केन्द्रित रहेर छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् ।

 

प्रतिक्रिया