

देउवा–प्रचण्ड वार्तामा एमाले नेता नेपाल मिसिए

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलमा एमाले नेता माधवकुमार नेपाल मिसिएका छन्।
ओलीविरोधी वार्तामा शुक्रबार देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा नेपाल पनि पुगेका हुन्। ओलीको कदम र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धका सम्भावित कदमका विषयमा छलफलका लागि नेपाल पनि बुढानिलकण्ठ पुगेका हुन्।
आफूपक्षीय सांसदलाई राजीनामा गराएर ओली प्रवित्तिविरुद्ध सहयोगका लागि देउवा र प्रचण्डले नेपालसँग आग्रह गरेको बताइएको छ।

