
राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको नयाँ सरकार गठनको प्रक्रिया संविधानविपरित भन्दै सर्वोच्चमा रिट दायर गरिएको छ ।
राष्ट्रपति भण्डारीले नयाँ सरकारको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६ (५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै अधिवक्ता सन्तोष भण्डारीलगायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर रिट दायर गर्नका लागि अदालतमा पेश गरेका हुन् ।
दर्ता हुने प्रक्रियामा रहेको रिटमा राष्ट्रपतिको आह्वानले संविधानको उल्लंघन भइ संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने हुँदा यो रिट निवेदनको टुंगो नलागे सम्म सो प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी अग्राधिकार समेत माग गरिएको छ ।



कागजपत्र |
