साँढे १२ बजे प्रधानमन्त्री ओलीको आकस्मिक पत्रकार सम्मेलन


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्ने भएका छन्।

शुक्रबार साढे १२ बजे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्। विकसित राजनीतिक घटनाक्रमसँगै ओलीको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

उनले नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि सिफारिस गर्नुलगायतका विषयमा खुलाउने बताइएको छ।

प्रतिक्रिया