चीनले मङ्गल ग्रहमा पठाएको यानले खिचेको पहिलो तस्बिर सार्वजनिक


काठमाडाैं – चीनले मङ्गल ग्रहमा अवतरण गराएको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिर सार्वजनिक गरेको छ । गएको शनिवार मङ्गल ग्रहमा अवतरण भएको यानले खिचेको तस्बिर सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

तस्बिरमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ । सौर्य ऊर्जाबाट चल्ने दुई सय ४० किलो तौलको यानले मङ्गल ग्रहमा ९० दिन काम गर्ने अपेक्षा गरेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।

यान मङ्गल ग्रहको उत्तरी गोलार्धमा रहेको छ । यानमा क्यामराबाहेक अरू पाँच उपकरण छन् जसले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।

अमेरिकाले सन् १९७६ मा भाइकिङ–२ अवतरण गरेकै ठाउँ वरपर जुरोङ यान अवतरण भएको छ । त्यहाँ लामो समयअगाडि समुद्र रहेको हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ । त्यहाँ सतहमुनि निकै मात्रामा हिउँ रहेको भू–उपग्रहको तथ्याङ्कले देखाउने वैज्ञानिकहरूको धारणा छ । बीबीसी

प्रतिक्रिया