फेरि पनि हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !


हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !

कोरोनाका महामारीमा उपचार र खोपको भइरहेको छ हाहाकार !!

जनताहरु लाई खाना लाउन खर्च धान्न धौधौ हुदै बढदै छन बेरोजगार !

लकडाउनको खुल्ला सडकमा हुइक्याउदै छन् नेता ज्यू हरु चिल्लो चिल्लो कार !!

 

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !

संसदमा मुख्यमन्त्री र प्रधानमन्त्री बन्न कुर्सीका लागि हुदैछ मारामार !!

नेताहरु को झैझगडा र लफडा हेर्दा जनताहरु दर्शक जस्तो नेताहरु चाहि कलाकार !

कार्यकर्तालाई मक्ख बनाउन बाढिदैछ मन्त्री र राजदूत पद को पुरस्कार !!

 

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार १

सरकारी कार्यालय तथा राज्यका विभिन्न निकायमा बढदै छ भ्रस्टाचार ११

कसैले भ्रस्टाचार गरेमा जो कोहि वा आफ्नै लाइ पनि छोडदिन भन्दैछन सरकार १

नेपालीको लागि अन्तरास्ट्रिय विमानस्थल बन्द गर्दै भारतीय जनताहरु को गर्दैछन उद्दार ११

 

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !

चुनावका समय भोट माग्न घर घर गइ जनता लाई गर्छन् नमस्कार !!

जनताको भोट पाई जितेर राजधानी छिरेपछि हुन्छन तेहि जनता तिरस्कार !

देश र जनता बिर्सी आफ्नै हित हुने गर्छन् पैसा कमाउने राजनीति ब्यापार !!

 

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !

विश्वका बिकसित मुलुकहरु गर्दैछन नयाँ नयाँ आविष्कार !!

नेपालमा चाहिँ बिर्सिदै छन नेताहरु आफ्नो जिम्मेवारी र संस्कार !

हामी जनता देश बिकास भयो भन्दै खुसि हुदै हेर्छौ केबुलकार !!

 

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !

देशमा बढीरहेका छन चोरी, तस्करी, अपराधका घटना र बलात्कार !!

महामारीमा पनि नेताहरु सङ्ग नजिक हुने ब्यापारी को चल्दैछ मारामार ब्यापार !

फेरि पनि हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !!

प्रतिक्रिया