पीडामा पत्रकारः भारतमा मे महिनामा दैनिक चार पत्रकारको मृत्यु, ३ सय बढीको मृत्यु


नयाँदिल्ली – कोरोना भाइरसले तहसनहस पारेको भारतमा कोरोना संक्रमणका कारण अघिल्लो वर्ष फ्रन्टलाइनरहरुको मृत्यु अत्याधिक मात्रामा बढेको थियो, त्यसैअनुरुप यसपटक भने कोरोना भ्याक्सिनको पहिलो प्राथमिकता दिइएको थियो ।

त्यसैकारण भारतमा यसवर्ष फ्रन्टलाइनर तुलनात्मक रुपमा सुरक्षित देखिएका छन् तर पनि अन्य फ्रन्टलाइनरको तुलनामा पत्रकार बढी पीडित रहेको तथ्यांकमा देखिएको छ । भारतमा हालसम्म ३ सय भन्दा बढी पत्रकारले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

कोरोनाभ्याक्सिनका लागि पहिलो प्राथमिकतामा पर्नुका बाबजुद भारतमा प्रख्यात पत्रकारसहित विभिन्न राज्यहरुमा गरी ३ सय भन्दा बढी पत्रकारले ज्यान गुमाइसकेका छन् ।

कोरोनाको दोस्रो लहरले आक्रान्त बनाई रहेको भारतमा पछिल्लो मे महिनामा हरेक दिन चार पत्रकारहरुको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अप्रिल १, २०२१ देखि १६ मेबीचमा भारतमा १ सय ७१ पत्रकारहरुले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।

इन्स्टीच्यूट अफ पर्सेप्सन स्टडीजका अनुसार हालसम्म ३ सय जनाभन्दा बढी पत्रकारको निधन भएको र ती मध्ये २ सय ३८ प्रमाणित भइसकेका र अन्य बाँकी प्रमाणित हुने क्रममा रहेको जनाइएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी तेलंगनामा पत्रकारको निधन भएको पनि जनाइएको छ । तेलंगनामा मात्रै ३९ जना पत्रकारको मृत्यु भएको छ भने यूपीमा मात्रै ३७ जना पत्रकारको निधन भएको जनाइएको छ । त्यसैगरी दिल्लीमा ३०, महाराष्ट्रमा २४, ओडिसनामा २६, मध्यप्रदेशमा १९ पत्रकारको निन भइसकेको जनाइएको छ ।

 

प्रतिक्रिया