

ओली नै प्रधानमन्त्री हुने माओवादीको निष्कर्ष

काठमाडौं – नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नै पून: प्रधानमन्त्री बन्ने निष्कर्ष निकालेको छ ।
संसदमा प्रधानमन्त्री ओलीले विस्वासको मत लिन नसकेपछि नयाँ सरकार गठबन्धनका लागी राष्ट्रपति विद्या भण्डारीले दिएको ७२ घण्टा समयभित्र वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकाल्दै बहुमत प्रस्तुत गर्ने आधार जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको माओवादी निष्कर्ष निकालेको हो ।
बिहिबार साँझ केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले दलहरुसँगका वार्ताको बारेमा जानकारी गराएका नेता देवेन्द्र पौडेलले बताए ।
माओवादी बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अब ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको बताएका थिए ।

