आज पनि रोकियो कर्णालीमा नवनियुक्त मन्त्रीको शपथ


सुर्खेत – कर्णालीका तीन नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको सपथ ग्रहण रोकिएको छ ।

बिहीबार बिहान ११ बजेका लागि तोकिएको तीन पार्टीबीच कुरा नमिलेपछि नवनियुक्त मन्त्रीको सपथ कार्यक्रम रोकिएको हो ।

बिहिबार बिहान एक्कासि प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रम रोकिएको जानकारी गराएको छ । नवनियुक्त मन्त्रीहरुको बुधबार नै हुने भनिएको सपथ कार्यक्रम विहिबार बिहानका लागि सारिएको थियो । तर, बिहिबार पनि सपथ ग्रहण कार्यक्रम हुन सकेन् ।

बुधबार मुख्यमन्त्रीको कार्यालयले विन्दमान बिष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, सीता नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर उर्जा तथा जलश्रोत मन्त्रालय र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएपछि माओवादी केन्द्रकै ३ सांसदलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत वैशाख ३ गते विश्वासको मत हासिल गरेयता दोस्रो पटक मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनमा लागेका मुख्यमन्त्री शाही एक मन्त्रालय थपेर ८ मन्त्रालय बनाउने तयारीमा छन् । सोहीअनुसार सबै मन्त्रालयमा छिट्टै मन्त्री नियुक्त गर्ने उनको तयारी छ ।

प्रतिक्रिया