२जेठ, ०७५मा फर्किने लयमा एमाले, ओली नेपाल पक्षसहितको स्थायी कमिटी बोलाउन तयार


काठमाडौं– नेकपा एमाले २ जेठ, ०७५ को अवस्थामा फर्किने लयमा अगाडि बढेको छ। त्यसका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउन राजी भएका छन्।

२८ फागुनको निर्णयलाई पनि सँगसँगै लैजाने विषयकै लागि भनेर ओलीले रामबहादुर थापा बादलसहितको स्थायी कमिटी बैठक डाक्न लागेका हुन्।

अर्थमन्त्री विष्णु पौडेलले विहीबार विहान माधवकुमार नेपालसँग छलफल गरेपछि पहिलेकै अवस्थामा फर्किने विषयमा सकारात्मक कुराकानी भएको थियो। त्यसलगत्तै नेपाललगायत भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि गरिएको निलम्बनको कारबाही फिर्ता भएको थियो।

प्रतिक्रिया