

२ संक्रमितको मृत्यु भएसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७

बागलुङ – बागलुङमा कोरोना भाइरस संक्रमणबाट मंगलवार थप २ जनाको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
मंगलवार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।
जिल्लाको ढोरपाटन नगरपालिका–४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उनलाई कोरोना पुष्टि भएको थियो ।
उनी पोखराबाट फर्केलगत्तै होम आइसोलेसनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताए ।

