गण्डकीमा जनमोर्चाको ह्विपः कांग्रेस उमेदवारलाई मतदान गर्नु


पोखरा – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेको छ ।

दलकी सचेतक पियारी थापाले माओवादी-कांग्रेस-जसपाको गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेकी हुन् ।

प्रदेश सभामा जनमोर्चाको ३ सिट छ । सांसद थापाले सांसद कृष्ण थापा र खिमविक्रम शाहीको नाममा छुट्टाछ्ट्टै निर्देशन जारी गरेकी हुन् । यद्यपि पार्टी संसदीय दलका नेता भने कृष्ण थापा छन् ।

‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने पार्टीहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जसपाका ३१ जना प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि समर्थन गर्ने प्रायोजन हुँदा तत् बमोजिम हाम्रो संसदस्य दलका सदस्यहरुले हस्ताक्षर गर्न यो निर्देशन ९ह्विप० जारी गरिएको छ,’ पत्रमा भनिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।

मुख्यमन्त्री गुरुङले राजीनामा दिइसकेपछि विपक्षी दलहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन गरेका छन् । ४ दलीय गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरेको छ ।

जनमोर्चाबाट पियारी थापामात्रै नयाँ सरकार पक्षमा छिन् । ‘२ सांसद नयाँ सरकारको पक्षमा हस्ताक्षर नगर्ने देखिएपछि पार्टीबाट ह्विप जारी गरिएको स्रोतले बतायो ।

प्रतिक्रिया