कोरोना कहर : चितवनमा २४ घण्टाभित्र बाबुछोराको मृत्यु


चितवन – पूर्वी चितवनको रत्ननगर नगरपालिकामा २४ घण्टाभित्रै कोरोना संक्रमणबाट बाबु छोराकै पनिमृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं. ३ का ३८ वर्षीय युवकको कोरोना संक्रमणबाट सोमबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको केही घण्टाअघि मात्रै उनका बुवाको कोरोना जाँच गराउँन जाँदाजाँदै अस्पतालको आकस्मिक कक्षमा नै मृत्यु भएको थियो ।

नवलपरासीको एक उद्योगमा काम गर्ने छोरालाई ५ दिनअघि कोरोना संक्रमण भएको पुष्टि भएको थियो । छोराको हेरचाह र रेखदेखका लागि बाबु अस्पताल जाने गरेका थिए ।

७० वर्षीय बुवालाई आइतबार बेलुका खोकी र पखाला लागेपछि रत्ननगर नगरपालिकाको गाडीले अस्पताल पुर्‍याएको थियो ।

अस्पताल पुर्‍याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बाबुको परिवार र आफन्तले तथा छोराको नेपाली सेनाको सहयोगमा अन्त्येष्टि गरेको वडाध्यक्ष भट्टराईले बताए ।

प्रतिक्रिया