

कांग्रेस संसदीय दलको बैठक आज, ह्विप जारी हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक आज हुने भएको छ। २७ वैशाखमा प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि संसदीय दलको बैठक हुन लागेको हो।
वानेश्वरमा बस्न लागेको बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतका विपक्षमा उभिन सांसदलाई निर्देशन दिने बताइएको छ।
यसैबीच ओलीलाई सरकारबाट हटाउन र अविश्वासको प्रस्ताव दर्ता गर्नका निम्ति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको थियो।

