धेरै ठाउँमा घाम लागेपनि प्रदेश-१ का केही भूभागमा भारी वर्षाकाे सम्भावना


काठमाडाैं – अहिले काठमाडाैंसहित देशका धेरै ठाउँमा घाम लागेको छ । प्रदेश-१ बाहेकका तराईका क्षेत्रमा अहिले नै घाम चर्किएको छ भने पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएकाे छ ।

प्रि-मनसुनकै समय भएकाले प्रदेश-२ बाहेकका प्रदेशमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिए ।

प्रदेश-१ का केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ । काठमाडाैं उपत्यकासहित पहाडी जिल्लामा दिउँसोपछि मेघगर्जन,हावाहुरी र चट्याङ्गसहित पानी पर्ने मौसमविद्ले बताए ।

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, पूर्व–पश्चिममा फैलिएको न्यूनचापीय रेखा तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

प्रतिक्रिया