अमेरिकामा नेपाली अनुसन्धानकर्तालाई २ लाख ९७ हजार डलरको प्रतिष्ठित अर्वाड


काठमाडौं – अमेरिकामा कार्यरत नेपाली अनुसन्धानकर्ताले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउण्डेसन अवार्ड प्राप्त गरेका छन् ।

अमेरिकाको केन्टकी राज्यस्थित क्याम्बेल्सविल विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत डा. इन्द्रदेव साहुले २ लाख ९७ हजार डलरको अर्वाड प्राप्त गरेका हुन्।

अमेरिकाको राष्ट्रिय विज्ञान प्रतिष्ठानले उनलाई यो अर्वाड पोटासियम च्यानल एसेसरी प्रोटिनको संरचना तथा गतिशिलताको सम्बन्धमा विशेष वैज्ञानिक अनुसन्धानको लागि दिइएको हो।

नेपाल सप्तरीको महादेवा गाउँपालिका–२ अकवरपुर घर भएका ४३ वर्षीय साहु क्याम्बेल्सविल विश्वविद्यालयमा फिजिक्स सम्बन्धीको विषयमा अध्ययन, अनुसन्धान र अध्यापन गराउँछन्।

निम्न वर्गीय परिवारमा जन्मेर अमेरिका गएर संघर्ष गदै वैज्ञानिक बनेका साहुले प्रतिष्ठित अवार्ड पाएपछि खुशी व्यक्त गरेका छन्। उनी ६ वर्षको हुँदा पिताको मुत्यु भएको थियो।

नेपालमा विज्ञान विषय लिएर भौतिक केन्द्रिय विभागबाट उनले एमएसी गरेका थिए। २००५ मा उनी पिएचडी गर्न अमेरिका पुगेका थिए। २०१९ देखि उनी केन्टकीको क्याम्बेल्सविल विश्विद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत छन्।

उनले यो रकम तीन वर्षमा अनुसन्धानमा खर्च गर्नुपर्ने छ।

प्रतिक्रिया