

बैतडीमा भोलिदेखि निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

धनगढी – कोरोना संक्रमण बृद्धि हुँदै गएपछि बैतडीमा पनि भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ ।
आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसका आधारमा बैतडीमा भोलि बिहान ६बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा जेठ २ गते राति १२ बजेसम्म कायम रहने छ । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् ।
कोभिडको दाेस्रो लहर सुरु भए यता मुलुकमा तीस भन्दा बढि जिल्लाहरुमा पूर्ण र आंशिक रुपमा निषेधाज्ञा जारी गरिसकेको छ

