

ओखलढुंगामा कोरोना संक्रमितको संख्या ४ पुग्यो

ओखलढुंगा – सिमानाका नपरेका हरु जिल्लाहरुको तुलनामा ओखलढुंगामा कोरोना संक्रमितको संख्या कमि देखिएको छ ।
आईतबार थप एक जनामा कोरोना संक्रमण पुष्टी भएपछि जिल्लमा संक्रमितको संख्या ४ पूगेको छ । केही दिनअघि कर कार्यलयमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि उनका परिवारमा गरिएको एन्टिजेन परीक्षणमा उनकी श्रीमतीमा पनि कोरोना पोजेटिभ देखिएको हो ।
आइतबार जिल्ला स्वास्थ्य कार्यालयले गरेको एन्टिजेन परीक्षणका क्रममा ४० बर्षीय महिलामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।
गत बैशाख १० गते विवाहका लागि चितवन गएका उनीहरु काठमाडौं हुँदै १५ बैशाखमा जिल्ला फर्किएपछि गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । श्रीमानलाई कारोना देखिएको दुई दिनपछि श्रीमतीमा पनि कोरोना देखिएको स्वास्थ्य प्रमुख तिवारीको भनाई छ ।
उनीहरु दुवैजना होम क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ । योसँगै जिल्लामा (दोश्रो चरणको लहर) चार जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो पटक जिल्लामा गरिएको ३२ जनाको एन्टिजेन परीक्षणका क्रममा चार जनामा संक्रमण देखिएको हो ।
जिल्लामा कोरोनाको संक्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यलयले अम सर्वसाधरणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

