परिसरले गरायो मास्क नलगाउने १३२५ जनालाई सचेत


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क नलगाउने १३२५ जनालाई सचेत गराएको छ ।

परिसरले विश्वभर फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी काठमाडौमा समेत संक्रमण वढदै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागी सङक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोमबार विहान मास्क नलगाई हिडँनेहरुलाई सचेत गराउँदै होल्ड गरेर छाडेको जनाएको छ ।

सचेत गराइएकामा ३२२ महिला र १००३ जना पुरुष गरी जम्मा १३२५ जनालाई केहि समय होल्ड सम्झाई वुझाई पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले बताए ।

प्रतिक्रिया