एक दुई दिन समय दिएर उपत्यकामा आवतजावत ठप्प, सिडिओहरुका निर्णय यस्ता आउँदैछन्


काठमाडौं– उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूले एक दुई दिन समय दिएर राजधानी आवतजावत ठप्प पार्ने भएका छन्।

गृह मन्त्रालयसँगको परामर्शपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरू बैठकले यस्तो निर्णय लिने भएको हो। तीनै जिल्लाका सिडिओले कस्तो कडाई गर्ने भन्ने ड्राफ्ट तयार पारेका थिए।

राजधानीभित्र भने निषेधाज्ञाको तयारी भएको छ भने भिडभाड हुने सार्वजनिक सवारी साधन, सपिम मललगायतका क्षेत्र बन्द नै गराउने निर्णय हुनेछ।

उपत्यकामा कोभिड–१९ संक्रमण तिव्र भएपछि सिडिओहरूले प्रशासन कार्यालयको अधिकार प्रयोग गर्न लागेका हुन्। काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले दुई दिनसम्म समय दिएर उपत्यका आवतजावतमा रोक लगाउने बताएको विवरणमा उल्लेख छन्।

प्रतिक्रिया