टेकुमा तीन दिनमा ५ कोरोना संक्रमितको मृत्यु


काठमाडौं – शुक्रबारयता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीन दिनमा ५ कोरोना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा युवा पनि छन्। अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बास्तोला भन्छन्, ‘मृत्यु हुनेमा जेष्ठ नागरिक र युवा दुवै उमेरका हुनुहुन्छ। यतिबेला अस्पतालमा तनाव छ।’

बास्तोलाका अनुसार टेकु अस्पताल भर्ना भएका अधिकांश कोरोनाका बिरामी सिकिस्त छन्। ‘आफ्नै आँखा अगाडि मान्छे मरिरहेका छन्। नागरिकलाई बचाउने समय हो,’ बास्तोलाले भने।

दिनप्रतिदिन कोरोनाबाट अस्पतालमा संक्रमितहरुको मृत्यु हुन थालेपछि अस्पतालकै चिकित्सकहरु डराउनुपर्ने अवस्था छ। त्यसैले जो जहाँ भएपनि सबै सेल्फ लकडाउनमा बसौँ।

प्रतिक्रिया