सर्वोच्चको न्यायाधीश हुँदैछन् चुडाल र सुवेदी, सुनुवाई समितिमा छन् ७ उजुरी


काठमाडौं– संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतमा कुमार चुडाल र नहकुल सुवेदीले न्यायाधीशका रुपमा प्रवेश पाउने भएका छन्।

चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ उजुरी सुनुवाई समितिमा परेका छन्। जसको सुनुवाई शुक्रबार हुँदैछ।

४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध १० दिनभित्र उजुरी दिन भनेको थियो।

चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ। यीनमा सफाई पाउनासाथ उनीहरू सर्वोच्च अदालतको न्यायाधीश अनुमोदन हुनेछन्।

अधिवक्ता दिनेश त्रिपाठीले योग्ता नपुगेको भनी रिट दायर गरे पनि सर्वोच्चले त्यसमा फैसला सुनाउँदै न्यायाधीशका लागि सुवेदीलाई बाटो खोलिदिएको थियो।

प्रतिक्रिया