आज पनि उपत्यकासहित केही स्थानमा हावाहुरी र वर्षाको स्म्भावाना


काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि-मनसुन चलिरहेकाले शनिबार बेलुकीपख काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानीपर्ने सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यकाका केही स्थानमा पनि बेलुकीपख क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

भोलि वैशाख १२ गते आइतबार देशका अधिकांश भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

वैशाख १३ गते सोमबार देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश न।१ र प्रदेश न.२ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया