घरको छतबाट हामफालेका अग्रवालको निधन


काठमाडौं — राजधानीको चाबहिलस्थित कुमारीगालमा घरका छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ ।

कपडा व्यापार गर्दै आएका नविन अग्रवाल सोमबार चार तले घरको छतबाट हामफाल्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको जनाइएको छ । घरको छतबाट हामफालेका अग्रवालको उपचारका क्रममा स्तुपा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

४९ वर्षीय अग्रवाल कपडाको व्यापार गर्दै आएका थिए । घटनास्थलबाट प्रहरीले विषादीको बट्टा पनि बरामद गरेको छ । उनले लामो समयदेखि डिप्रेसनको औषधी सेवन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया