
मेरियटमा सुरु भयो ओली–नेपाल निर्णायक वार्ता, सहमतिको सम्भावना कति छ?
काठमाडौं– मेरियट होटलमा विहीबार नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता सुरु भएको छ।
आफ्नो समूहका नेतालाई बुधबारको वार्ता ब्रिफिङ गरी नेपाल ओलीसँग वार्ताका लागि पुगेका छन्। गुटसँग नभई व्यक्तिसँग वार्ता हुने ओलीको कथन थियो। उनले पार्टीमा फर्किनका लागि अन्तिम मौका र समय रहेको भन्दै नेपाललाई गुटगत गतिविधिमा नलाग्न चेतावनी दिइसकेका थिए।
विहीबारको वार्तामा पनि दुवै पक्ष अडानमा रहन सक्ने अनुमान गरिएको छ। २८ फागुनको निर्णय फिर्ता लिएको खण्डमा नेपाल समूह सहमतिमा आउन सक्ने भएता पनि ओलीले उक्त निर्णय फिर्ता लिन्छन् या लिँदैनन् भन्ने विषय चर्चामा छ।
तर नेपाल मध्यमार्गी सहमतिको विन्दु खोज्नेगरी पनि छलफल गर्न सकिने सुझाव लिएर मेरियट पुगेका छन्।



कागजपत्र |
