
दुई दिनभित्र नफर्किए कारबाहीको चेतावनी दिँदै माधव नेपाललाई ओलीको पत्र– यो अन्तिम मौका हो
काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई दुई दिनको समयसीमा तोक्दै चेतावनीपूर्ण स्पष्टिकरण पत्र पठाएका छन्।
मंगलबार २७ संघीय सांसदलाई सोधिएको स्पष्टिकरणमा नेता नेपालले नेतृत्व गरेका कारण ५ बुँदे प्रश्न छन्।
प्रधानमन्त्री ओलीले यसअघि पनि स्पष्टिकरण सोधिएको तर चित्त बुझ्दो जवाफ नदिएर बरु पार्टीविरुद्ध अपराधिक काम गरेको भन्दै पत्रमार्फत भनेका छन्,‘सच्चिने यो अन्तिम मौका हो। दुई दिनभित्र जवाफ नआए पार्टीले जुनसुकै बेला कठोर कारबाही गर्न सक्छ।’
आफ्ना गतिविधिको जवाफसहित दुई दिनभित्र एमालेमा फर्किएर सदस्यको हिसाबले काम गर्नका लागि पत्रमा चेतावनी दिइएको छ।



कागजपत्र |
