माओवादी केन्द्रले मंगलबार पनि सरकारबाट समर्थन फिर्ता लिएन


काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने विषय कार्यसूचीमा मात्र राखेको छ।

मंगलबार भएको स्थायी समितिको बैठकले त्यसलाई कार्यसूचीमा राखे पनि निर्णय भने नलिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बुधबार दिउँसो हुने स्थायी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयको एजेन्डामा छलफल गर्ने श्रेष्ठले बताए।

स्थायी समितिले विधान संशोधनलगायतका विषयमा पनि छलफल गरेको छ।

प्रतिक्रिया