

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं – नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ ।
आज (सोमबार) १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकार दिए ।
समसामयिक गतिविधिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

