

राष्ट्रपति भण्डारीले गरिन् चुडाल र सुवेदीलाई सर्वोच्च न्यायाधीशमा नियुक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतमा २ न्यायाधीशहरुलाई नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले सोमबार उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।
गत फागुन २८ गते न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो ।
गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

