
सशस्त्रका एआईजी दाहाल निलम्बनमा
काठमाडौं – गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ ।
मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बलले दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।
उक्त सिफारिसका आधारमा मन्त्रालयले असोज १९ गतेको निर्णयबाट दाहाललाई निलम्बन गर्दै घटनाको छानबिनका लागि जाँचबुझ अधिकृतसमेत तोकेको जनाएको छ ।
मन्त्रालयले जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
दाहालको पदावधि यही २८ असोजमा सकिँदैछ।



कागजपत्र |
