
१५ औं महाधिवेशन असोज पहिलो साता गर्दै कांग्रेस इतर समूह !
काठमाडौं — नेपाली कांग्रेसको संस्थापन इतरको घोषणा गरेको १५ औं महाधिवेशन असोजको पहिलो साता हुने स्रोतले जनाएको छ ।
महाधिवेशनको तयारीका बारेमा इतर पक्षको सम्पर्क कार्यालयमा चुनदेवीमा बस्ने बैठकले महाधिवेशनको मिति टुंगो लगाउने जनाइएको छ ।
महाधिवेशन तयारीका लागि डा. शशांक कोइरालाको अध्यक्षतामा बस्ने बैठकले सम्भवतः असोजको ४ देखि ६ सम्मका महाधिवेशन गर्ने टुंगो लगाउने स्रोतले जनाएको छ ।
संस्थापन पक्ष एवं गगन थापा पक्षले भने असोज १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशन हुने मिति घोषणा गरिसकेको छ ।
संस्थापन पक्षले महाधिवेशनको मिति टुंगो लगाईसकेपछि इतर पक्षले पनि महाधिवेशन गर्ने घोषणा गरेको थियो ।



कागजपत्र |
