व्यवसायी दुर्गा प्रसाई रिहा

अदालतले भेटेन थुन्ने आधार, थपेन म्याद


काठमाडौं – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं अदालतको आदेशपछि रिहा भएका छन्।

प्रसाईंलाई सार्वजनिक शान्ति भंग गरेको आरोपमा आइतबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले अनुसन्धानका लागि सात दिनको थुना म्याद माग गर्दै सोमबार जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएको थियो। तर अदालतले म्याद थपको माग अस्वीकार गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो।

प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरसहित अन्य केही आरोपमा अनुसन्धान अघि बढाउने तयारी गरेको भए पनि अदालतले प्रारम्भिक चरणमै थुनामा राख्ने आधार नदेखिएको निष्कर्ष निकाल्दै म्याद थप गर्न इन्कार गरेको हो।

प्रतिक्रिया