पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।

यसअघि गत २२ चैतमा पनि निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। अब नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ तय गरिएको छ।

आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

निगमका अनुसार एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ।

प्रतिक्रिया