
नवनियुक्त गृहमन्त्री गुरूङले गरे पदभार ग्रहण, यस्ता छन् चार निर्णय
काठमाडौं – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आज पदभार ग्रहण गरेलगत्तै आफूले चारवटा निर्णय गरेको उनले जानकारी गराए ।
यस्ता छन् चार निर्णयः
– २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने ।
– जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने ।
– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने ।
– छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने र हरेक फाइल खोल्ने । गृहमन्त्रालय र सुरक्षा निकायबाट संवेदनशिल सुचना चुहावटको घटना हुन नदिन सुक्ष्म निगरानी गरि कारबाही गर्न Sensetive information Vigilance Team (SIVT) गठन गर्ने ।



कागजपत्र |
