
सपना प्रधान मल्ल २० दिनपछि सर्वोच्च फर्किइन्
काठमाडौं- सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल बिदापछि पुनः सर्वोच्च अदालतमा फर्किएकी छन्।
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नियुक्तिपछि जेठ ६ गतेदेखि बिदामा बसेकी मल्ल सोमबारबाट पुनः काममा फर्किएकी हुन्। उनले सोमबारदेखि नै मुद्दाहरूको सुनुवाइ सुरु गरेकी छन्।
मल्लले आफैं बिदा स्वीकृत गराएर केही समयका लागि सर्वोच्चबाट अलग भएकी थिइन्।
सर्वोच्च अदालतका अनुसार उनलाई एकल इजलास तथा न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलास गरी दुईवटा इजलासमा मुद्दा सुनुवाइका लागि तोकिएको छ।



कागजपत्र |
