
इरान–इजराइल तनाव बढ्यो, मिसाइल आक्रमणको श्रृंखला जारी
काठमाडौं- इरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। घटनापछि इजराइलका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ भने नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।
प्रारम्भिक विवरणअनुसार प्रहार गरिएका क्षेप्यास्त्रहरू आकाशमै रोकिएको वा नष्ट गरिएको हो वा होइन भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन। घटनापछि सुरक्षा निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाइएको छ।
यसअघि पनि इरानले इजरायलले लेबनानमाथि आक्रमण नरोकिएको भन्दै मिसाइल आक्रमण गरेको थियो। त्यसबेला इजरायलले उक्त आक्रमण असफल बनाएको दाबी गरेको थियो।
त्यसपछि इजरायलले इरानमा गरेको प्रतिकारात्मक मिसाइल आक्रमणका कारण इरानका विभिन्न शहरमा विस्फोट भएको रिपोर्ट सार्वजनिक भएको थियो।



कागजपत्र |
