प्रचण्डप्रति मन्त्री ज्ञवालीको आक्रोश : माओवादी केन्द्र नभए पनि देश चल्छ


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी नभएको भन्दै नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आक्रोश ब्यक्त गरेका छन्।

माआवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई बैठकमा सहभागी हुन निम्ता दिएको दाबी गर्दै मन्त्री ज्ञवालीले आक्रोश व्यक्त गरेका हुन् । उनले भने, ‘हिजो उहाँले आफैले भन्नुभयो रे! बैठकका बारेमा भनेर आफैँले भन्नुभयो ।’ ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताउँदै बैठकमा नआएर गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाए।

उनले अघि भने,  ‘सबैले थाहा पाउने कुरा हो उहाँहरु नहुँदा पनि देश चल्छ ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार ओलीले आफूलाई फोन गरेको बताएको भए पनि उनको सचिवालयले शनिवार बिहान आफूलाई सर्वदलीय वैठकमा सहभागी हुने निम्ता नआएको बताएका थिए।

माओवादी केन्द्रसहित एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल तथा जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले पनि बैठक बहिष्कार गरेको थियो।

प्रतिक्रिया