सेनामा कार्यरत श्रीमती हत्याको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ


काठमाडौं — श्रीमती हत्याको आरोपमा टिकटकमा नेपाली ब्रोको रूपमा परिचित कुमार थापा आरोपमा पक्राउ परेका छन्।

बालाजुमा उनले आफ्नो श्रीमतीको हत्या गरेको आरोपमा शुक्रवार साँझ पक्राउ परेका हुन्।

नेपाली सेनामा कार्यरत श्रीमती ईश्वरी थापा भुजेललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको र उनको उपचारका क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले ईश्वरीलाई घरायसी विवादका कारण खुकुरी प्रहार गरेको जनाइएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा बेलुका साढे ११ बजे मृत्यु भएको थियो।

लामोसमयदेखि यी दुई श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको थियो ।

प्रतिक्रिया