
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
पर्वत- कुश्मा नगरपालिका २‚ अर्मादीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग.१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध.२प ३८०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा चढेका दुई जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका ९‚ बनौका ४० वर्षीय हीरा गर्बुजा र मोटरसाइकलको पछाडि बसेका कुश्मा १‚ मालढुंगाका ३५ वर्षीय सुजन भण्डारीको मृत्यु भएको छ।
ट्रकको ठक्करवाट सख्त घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पतालमा ल्याएको केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुवैको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिए।
प्रहरीले भीमाद २‚ तनहुँका ३५ वर्षीय ट्रक चालक मनोज थापालाई ट्रकसहित जिल्ला प्रहरी कार्यालयमा राखेको छ।



कागजपत्र |
