पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष १ महिना कैद


काठमाडौं – मधेस प्रदेशका सांसद तथा पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष एक महिना कैद सजाय तोकिएको छ। विशेष अदालतले उनलाई दोषी ठहर गर्दै जरिवाना र क्षतिपूर्तिसहितको सजाय सुनाएको हो।

विशेष अदालतका न्यायाधीशहरू सुर्दशनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ। साथै एक लाख ५४ हजार पाँच रुपैयाँ क्षतिपूर्ति वापत असुल उपर गर्ने आदेश पनि दिइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश सांसदसमेत रहेका सिंहसहित १६ जनाविरुद्ध २०८२ असोज ३० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अभियोगअनुसार सांसद सिंहले संसद् विकास कोषअन्तर्गतको विकास आयोजनामा उपभोक्ता समितिमार्फत ३८ लाख ५० हजार ३३९ रुपैयाँ बराबरको रकम अनियमितता गरेको आरोप थियो।

प्रारम्भिक अनुसन्धानमा उनले आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत रकम निकालेर आफ्नो तथा श्रीमतीको नाममा रहेको खातामा जम्मा गरेको देखिएको अख्तियारको दाबी थियो।

प्रतिक्रिया