जेनजी आन्दोलनको मौका छोपी शीतल निवासबाट दाह्रा चोर्ने ६ जना पक्राउ


काठमाडौं- राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा चोरी भएको घटना सार्वजनिक भएको छ। सो प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय समेत तोडफोड र आगजनीको निशानामा परेको थियो।  सोही क्रममा भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा समेत चोरी भएको खुलेको हो।

करिब नौ महिनापछि उक्त दाह्रा चोरी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ घर भएका २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति नयाँ बसपार्क र मनमैजु क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो।

 

 

प्रतिक्रिया