
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, २१ जनाको मृत्यु
भारत- भारतको दिल्लीस्थित मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ ।
बुधबार बिहान भएको आगलागीमा हालसम्म २१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।
घटनापछि भवनबाट ३७ जनालाई सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये छ जनाभन्दा बढीलाई बेसमेन्टबाट निकालिएको बताइएको छ ।
समाचार अनुसार केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । आगलागी नियन्त्रणका लागि १० वटा दमकल परिचालन गरिएको भए पनि उद्धार कार्य निरन्तर जारी छ ।
स्थानीयका अनुसार छ तले भवनको भुइँ तल्लामा बिहान करिब ८:५१ बजे आगो सुरु भएको थियो, जसले छिट्टै अन्य भागमा फैलिएको थियो ।



कागजपत्र |
