
महोत्तरीमा लुटपाटका लागि गोली प्रहार, श्रीमान्-श्रीमती घाइते
जनकपुरधाम – महोत्तरीमा डाँका चोरीमा संलग्न व्यक्तिहरुको गोली प्रहारबाट दुई जना घाइते भएका छन् ।
महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति राम विश्वास यादवको घरमा डाँकाचोरी भएको हो । सो क्रममा डाँका समूहले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।
दुवै जनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले बिहानपख थाहा पाएको हो । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



कागजपत्र |
