
एक सांसदले हस्ताक्षर फिर्ता लिएपछि कमलबहादुर शाह सुरक्षित
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि सुरक्षित भएको छ। उनीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी प्रदेश सभा सदस्य डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि शाहलाई राहत मिलेको हो।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये महराले समर्थन फिर्ता लिएपछि प्रस्तावको प्रभाव कमजोर बनेको बताइएको छ।
महराले कांग्रेसभित्रको एकता कायम राख्नु र आगामी बजेट निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता महसुस गर्दै हस्ताक्षर फिर्ता लिएको बताएकी छन्। उनका अनुसार अहिले सरकार वा संसदीय दलको नेतृत्व परिवर्तनभन्दा पार्टीभित्रको सहकार्य महत्वपूर्ण विषय हो।
मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदहरूले मंगलबार अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रदेश सभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा उक्त प्रस्ताव कांग्रेस संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो।



कागजपत्र |
