
प्रधानमन्त्री बालेनको अभिव्यक्तिविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं- माइतीघर मण्डलामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिविरुद्ध प्रदर्शन गरिएको छ।
आइतबार संसद्मा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि सो विषयलाई लिएर विरोध प्रदर्शन गरिएको हो।
वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले उक्त अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन गरेको जनाएको छ। प्रदर्शनका क्रममा ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ लगायतका नारा लगाइएको थियो।



कागजपत्र |
