
लिपुलेकबारे भारत–चीनसँगै इंग्ल्यान्डसँग पनि कुरा भइरहेको छ : प्रधानमन्त्री बालेन
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले लिपुलेक सीमा विवाद समाधानका लागि भारत र चीनसँगै इंग्ल्यान्डसँग पनि छलफल भइरहेको बताएका छन्।
संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले ब्रिटिसकालीन समयमा सीमा कस्तो थियो भन्ने विषयमा बुझ्न इंग्ल्यान्डसँग समेत संवाद गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार लिपुलेकबारे सरकारले भारतसँग स्पष्ट अडान राखिसकेको छ र त्यस सम्बन्धमा भारतबाट जवाफसमेत प्राप्त भइसकेको छ।
‘अब इतिहासविद्हरूसमेतलाई राखेर टेबल टक गर्ने कुरा छ। इंग्ल्यान्डसँग पनि हामीले कुरा गरेका छौँ,’ प्रधानमन्त्री बालेनले भने।
सरकारले लिपुलेक विवादलाई कूटनीतिक र ऐतिहासिक दुवै पक्षबाट समाधान गर्ने प्रयास भइरहेको जनाएको छ।



कागजपत्र |
