गैडाकोटमा घरेलु विवादले उग्र रूप लिँदा छोराको ज्यान गयो, बुबा पक्राउ


नवलपुरनवलपुरमा बुबाले आफ्नै छोराको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिल पण्डितका अनुसार शनिबार राति करिब १० बजे गैडाकोट नगरपालिका–१५ चिन्तामणि टोलमा ४३ वर्षीय शंकर गिरीको हत्या भएको हो।

घटना आरोपमा उनका ६३ वर्षीय बुबा डम्मर गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बुबा–छोराबीच घरायसी विवाद भएको थियो। सोही विवादका क्रममा बुबा डम्मरले खुर्पाले छोराको टाउकोमा प्रहार गरेका थिए।

गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको थियो। तर शनिबार साँझ करिब पौने ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले आरोपितलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया